शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चार युवकले चर्चित अभिनेतालाई कारबाट तानेर कुटे

सोमबार, ०२ भदौ २०७६, १० : ०३
सोमबार, ०२ भदौ २०७६

कन्नड फिल्म अभिनेता कोमलमाथि बेंगलुरुमा कुटपिट भएको छ । वास्तवमा कोमल चढेको कारले ती युवकको बाइक सामान्य कोरेपछि रिसाएका युवकले उनीमाथि कथित रुपमा कुटपिट गरेका हुन् । पुलिसले यसबारे जानकारी दिएको हो ।

पुलिसका अनुसार कोमल आफ्नी छोरीलाई ट्युशन छोड्न गएका थिए, त्यतिबेला नै बेला मल्लेश्वरममा यो घटना भएको हो । ती युवक नशामा भएको पनि आरोप लगाइएको छ ।

पुलिसका अनुसार कोमलको अनुहारमा केही चोट लागेको छ । उनलाई घटनापछि अस्पताल लगिएको र सामान्य उपचारपछि उनलाई घर लगिएको छ ।

जानकारीका अनुसार जब अभिनेतामाथि कुटपिट भइरहेको थियो तब स्थानीयले घटनामाथि हस्तक्षेप गरे जसका कारण अप्रिय घटना हुन पाएन ।

जानकारीका अनुसार घटना मंगलबारको हो । सबै आरोपीलाई पक्राउ गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप