बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानसँगको सम्बन्धलाई भारतले किन यति धेरै महत्त्व दिन्छ ?

सोमबार, ०२ भदौ २०७६, ११ : ४०
सोमबार, ०२ भदौ २०७६

बीबीसी/पवन कुमार वर्मा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने भ्रमण सकाएर फर्किएका छन् । मोदीलाई भुटानमा त्यहाँ उनलाई राजकीय स्वागत गरिएको थियो ।

मोदी राजकीय भ्रमणको क्रममा अगस्ट १७ र १८ भुटानमा थिए । भुटानमा रहँदा उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा भुटानका नेताहरुसँग छलफल गरे । 

मोदीले भुटानमा सम्बोधन गर्दा १३० करोड भारतीयको मनमा भुटानको लागि विशेष स्थान रहेको बताए ।

‘मेरो अघिल्लो कार्यकालमा प्रधानमन्त्रीको रुपमा मेरो पहिलो विदेश यात्राको लागि भुटान रोजेको थिएँ । दोस्रो कार्यकालको सुरुमै भुटान आएर म निक्कै खुशी छु ।’

यस्तोमा प्रश्न उठ्छ कि आखिर भारतले भुटानलाई किन यति महत्व दिन्छ  ?

यसमा स्वभाविक रुपमा आउने जवाफ हो– भुटान भारतको सबैभन्दा नजिकको मित्र हो । दुई देशबीचको खास सम्बन्धको कारण भारतमा एउटा अनौपचारिक प्रथानै बनेको छ कि भारतका प्रधानमन्त्री, विदेश मन्त्री, विदेश सचिव, सेना प्रमुख र ‘रअ’ प्रमुखको पहिलो विदेश यात्रा भुटान हुन्छ ।

चीनलाई मध्य नजर गरेर भुटान यात्रा ?

चीनलाई मध्यनजर गर्दा भारतीय प्रधानमन्त्रीको भुटान भ्रमणले खास अर्थ देखिन्छ ।

चीनले लामो समयदेखि भुटानसँग कूटनीतिक सम्बन्ध स्थापित गर्ने कोसिस गरिरहेको छ तर भुटान भने सधैं भारतको नजिक रहेर चीनलाई पन्छाइरहेको छ ।

भुटानको भारतसँग सुमधुर सम्बन्ध रहेको अवस्थामा चीनसँग भने कुटनीतिक सम्बन्धसमेत स्थापित छैन ।

कति महत्त्वपूर्ण छ सम्बन्ध ?

स्वभाविक रुपमा कुनै देशको सरकार प्रमुखले अन्य देशको भ्रमण गर्नुको मुख्य उद्देश्य द्वीपक्षीय सम्बन्ध बलियो बनाउनु हुन्छ । जगजाहेर कुरा के हो भने भारत र भुटानबीच जलविद्युतमा लामो समयदेखि सहकार्य छ ।

भारत र भुटानबीच जल–विद्युत उत्पादनमा जुन सम्बन्ध छ, त्यो एकदमै महत्त्वपूर्ण छ र यो सम्बन्ध दुवै देशको लागि महत्त्वपूर्ण छ ।

दुई देशले मिलेर भुटानका खोलाहरुका शक्तिलाई विजुली मात्र होइन, पारस्परिक समृद्धिमा पनि बदलेका छन् । शनिबार भारत र भुटानले मांगछेदु परियोजाको उद्घाटन गरे ।

योसँगै जलविद्युतमा भारत र भुटानको सहकार्यको यात्राले एउटा अर्को ऐतिहासिक लक्ष हासिल गरेको छ । यस सहयोगले भुटानमा जलविद्युत उत्पादन क्षमता २००० मेगावाट नाघेको छ ।

त्यस अतिरिक्त मोदीको भ्रमणमा शिक्षामा खास जोड दिइयो । र, अन्य दर्जनौँ यस्ता क्षेत्र छन् जहाँ भुटानसँगको भारतको सम्बन्ध निक्कै महत्त्वपूर्ण छ ।

यसैले भारतका प्रधानमन्त्रीको भुटानको यात्राको महत्त्व हुने गर्छ ।

दोक्लामपछिको भुटान–भारत सम्बन्ध

पछिल्लो वर्ष दोक्लाम विवादमा भुटान, भारत र चीन तानिएका थिए । त्यो समय चीनले दोक्लाम क्षेत्रमा आफ्नो सेना तैनाथ गरेपछि विवाद सुरु भएको यियो ।

त्यो समय भुटानको भारतप्रतिको भरोसा कम भएको बताइएको थियो । तर यथार्थमा भने त्यस्तो देखिँदैन । किनकि भुटानलाई चीनसँग नजिकिनुभन्दा भारतसँग नजिक रहनु फाइदा हुन्छ ।

चीन र भुटानबीचको सीमाना निर्धारण भएको छैन । चीनसँग भारतको पनि सीमाना विवाद छ ।

सीमानाका विषयमा भारत र भुटान एक ठाँउमा हुनु कूटनीतिक रुपमा फाइदाजनक हुन्छ । किनकि सीमानाको मुद्दामा दुई देशको समान धारणा देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप