शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दर्ता नभएका औषधी बिक्री वितरण नगर्न आग्रह, अटेरी गर्नेलाई यस्तो कारबाही

सोमबार, ०२ भदौ २०७६, ११ : ५२
सोमबार, ०२ भदौ २०७६

काठमाडौं–औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण  गर्न आग्रह गरेको हो । 

विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ । 

विभागले दर्ता नभई बिक्रीवितरण गरिएका औषधीको एकीङ तथ्याङ्क भने बाहिर ल्याउन सकेको छैन । विभागले वर्षमा ३ हजारदेखि ३५ सयसम्म औषधी पसलको निरीक्षण गर्दै आएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप