शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा जनतासँग हतियार खरिद गरिरहेको छ सरकार, ५० दिनमा १२ हजार बन्दुक फिर्ता

सोमबार, ०२ भदौ २०७६, १२ : २२
सोमबार, ०२ भदौ २०७६

१५ मार्चमा क्राइस्टचर्च चरमपन्थी हमलापछि न्यूजिल्याण्डले अनौठो पहल गरेको छ । सरकारले ‘गन बाय–ब्याक’ योजना अन्तरगत हतियार खरिद गरिरहेको छ । २० जूनमा यो योजना लागू भएपछि मानिसहरुले ५० दिनमा १२ हजार १ सय ८३ हतियार फर्काएका छन् । यसमा ११ हजार हतियार प्रतिबन्धित श्रेणीका छन् । सरकारले यसको बदलामा दुई सय मिलियन न्यूजिल्याण्ड डलर (१४ अर्ब रुपैयाँ) बजेट छुट्याएको छ । न्यूजिल्याण्ड सरकार आफैंलाई जनतासँग कति हतियार छ भनेर थाहा छैन । यद्यपि, एक अनुमानका अनुसार वैध र प्रतिबन्धित मिलाएर मानिसहरुसँग १२ लाख हतियार छन् जबकी न्यूजिल्याण्डको जनसंख्या ४७.९ लाख छ । अर्थात्, हरेक चौथो व्यक्तिसँग एउटा बन्दुक छ ।

मानिसहरुबाट उनीहरुको बन्दुक फिर्ता पाउनका लागि विशेष सूत्र तयार गरिएको छ । जुन बन्दुक खराब स्थितीमा छन् त्यसको लागि २५ प्रतिशत भुक्तानी गरिँदै छ भने राम्रो स्थितीमा भएका बन्दुकका लागि ९५ प्रतिशतसम्म भुक्तानी दिइँदैछ ।

मानिसहरुसँग ११ लाख देखि १ करोड १२ लाख मूल्य पर्ने बन्दुकः

एक अमेरिकी रिपोर्ट अनुसार न्यूजिल्याण्डका मानिसहरुसँग सैन्य–शैलीको सेमी–अटोमेटिक बन्दुक पनि छन् जसको मूल्य ११ लाख रुपैयाँदेखि १ करोड १२ रुपैयाँ पर्छन् । क्राइस्टचर्च हमलामा ५१ मानिसको मृत्युपछि सेमी अटोमेटिक गन्समा प्रतिबन्धका लागि न्यूजिल्याण्डको पूरा संसद एकजुट भयो । संसदमा कानूनको पक्षमा ११९ भोट पर्यो । एकजना सांसदले मात्र विरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप