शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमै अत्याधुनिक बृहत् फर्निचर उद्योग (भिडियो)

घरदेखि अफिस, होटल सबैका लागि चिटिक्क र गुणस्तरीय फर्निचर
सोमबार, ०२ भदौ २०७६, १४ : ०२
सोमबार, ०२ भदौ २०७६

काठमाडौँ । के तपाईं चिटिक्क र गुणस्तरीय फर्निचरको खोजीमा हुनुहुन्छ ? या यस्ता फर्निचर पाइने उद्योग वा सोरुम, पसलको खोजीमा हुनुहुन्छ ? यसो हो भने धन्दा नमान्नुहोस् । हामी तपाईंलाई सही सोलुसन दिन्छौँ । जहाँ तपाईंले भनेजस्तै र खोजेजस्तै उत्कृष्ट फर्निचरका उत्पादनहरु पाउन सक्नुहुन्छ । त्यो पनि आफ्नै आँखा अगाडि उत्पादन गरिएका ।

काठमाडौँको सीतापाइला चोकै नजिक एक बृहत् फर्निचर उद्योग छ । जुन उद्योगको अगाडि बोर्डमा ठूलो अक्षरले लेखिएको छ ‘सनराइज फर्निचर उद्योग’ ।

नाम मात्र होइन सनराइज साँच्चिकै फर्निचर उद्योगमा उदाएको छ । यसलाई हाँकेका छन् एक चिनियाँ नागरिकसहित एक युवा व्यवसायी नेपालीले । तर पर्दा पछाडि भने ७० जनाभन्दा बढी युवा मजदुरले यो उद्योगलाई साथ दिएका छन् ।

हाल उद्योगले नेपाली बजारमा उत्कृष्ट फर्निचर उत्पादन दिइरहेको छ । सामान्य घरायसी प्रयोजनका फर्निचरदेखि उच्च कोटिका अफिस, होटल, मल तथा आलिशान बङ्गलाहरुमा समेत प्रयोग हुने फर्निचरहरु यस उद्योगमा उत्पादन गरिन्छ । बढ्दो आधुनिकतासँगै आएको परिवर्तन र माग अनुसारको विलासिता र सजावट युक्त आधुनिक फर्निचरसमेत यस उद्योगमा उत्पादन हुन्छ । त्यसो त यो उद्योग नेपालकै एक अत्याधुनिक प्रविधिमार्फत काष्ठकला अर्थात् फर्निचर वस्तुको उत्पादन गर्ने बृहत् उद्योग रहेको कम्पनीको दाबी छ ।

उद्योग, उत्पादन र बजारीकरण

सनराइज फर्निचर उद्योग सीतापाइला चोकै नजिक छ । करिब सवा चार रोपनी क्षेत्रफलमा उद्योग सञ्चालित छ । यो उद्योगलाई व्यवस्थापकीय हिसाबले समेत विभिन्न डिपार्ट र विभग गरेर छुट्याइएको छ । फर्निचरको उत्पादन, फिनिसिङ, रङरगोनदेखि भण्डारणका लागि समेत छुट्टा छुट्टै डिपार्टमेन्टको व्यवस्था गरिएको छ ।

त्यस्तै, अन्य उद्योगमा जस्तो जथाभावी सामान तथा फोहोरको डङ्गुरसमेत यो उद्योगमा देख्न सकिँदैन । जसले उद्योगमा काम गर्ने वातावरण प्रदान गरेको छ । 

उद्योगमा फर्निचर उत्पादनको उच्चतम प्रविधिको प्रयोग गरिएको छ । काठ चिर्नेदेखि चिल्याउने, खोप्ने, टाँचा लगाउने, र फिनिसिङ गर्ने सम्ममा आधुनिक मेसिनको प्रयोग गरिन्छ । हाइड्रोलिक प्रेसबाट काम गरिन्छ । जसले उत्पादनमा फल्ट आउने समस्या कम रहेको छ भने काम गर्ने समय र जनशक्तिको समेत लागत कम गराएको छ । अझ कम्पनीले गुणस्तरीयतामा प्रश्न उठ्न नदिन उत्पादनमा निकै सावधानीहरु अपनाउने गरेको कम्पनीका व्यवस्थापक अर्जुन पोखरेल बताउछन् ।

‘हामीले फर्निचर उत्पादनमा उच्चतम टेक्नोलोजीको प्रयोग गरेका छौँ । त्यसमाथि हामीसँग उच्च लेबलका अनुभवी तालिम प्राप्त कालीगढ छन् ।’ पोखरेलले भने, ‘अझ चाइनिज कालीगढहरुले हाम्रा कामदारहरुलाई बेलाबखत प्रशिक्षण तथा ट्रेनिङ दिन्छन् । जसले हाम्रो उत्पादन गुणस्तरहीन हुने त कुरै भएन ।’

पोखरेलका अनुसार उद्योगमा नेपाली चाइनिज गरी ७० जना कामदारले रोजगारी पाएका छन् । जसमा ५ जना अनुभवी प्रशिक्षक छन् । जसले सनराइजको उत्पादन गुणस्तरीय हुनुका साथै आकर्षक भएको उनको भनाइ छ । गुणस्तरीयताका आधारमा कम्पनीले फर्निचरमा ५ वर्षसम्मको वारेन्टीसमेत दिएको पोखरेलले बताएका छन् । 

सनराइज फर्निचरले नेपाली बजारमा पाइने सबै खाले फर्निचर आइटम उत्पादन गरिरहेको छ । सामान्य टेबुल कुर्सीदेखि खाट, दराज, सोफा, सोकेश र्याक, अफिस टेबुल, चियर, लग्जरी सोफा, लग्जरी खाट लगायतका थुप्रै फर्निचरहरु उपलब्ध छन् । यी उत्पादनका लागि चाहिने अधिकांश कच्चा पदार्थ स्वदेशी नै प्रयोग गर्ने गरिएको कम्पनीले बताएको छ । तर नेपालमा नपाइने केही कच्चा पदार्थ भने चाइनाबाटै ल्याउने गरिएको पोखरेलले बताए ।

‘नेपालमै पाइने साल, सिसौ चिलौने लगायतका उच्च कोटिको काठ प्रायोग गर्छौं । काठमा त त्यति असहज छैन । तर उद्योगमा लाग्ने मेसिन र अतिरिक्त कच्च पदार्थ भने चीनबाटै ल्याउनुपर्ने हुन्छ ।’ पोखरेलले भने, ‘फर्निचरका लागि आवश्यक पर्ने मेसिन, आधुनिक औजार, केमिकल, लेदर तथा मेटलसम्बन्धी सामान उताबाट ल्याउँछौँ ।’

बजार

सनराइज फर्निचरको बजार नेपाल नै हो । विगत ११ वर्षदेखि सञ्चालित यस उद्योगले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको बजारमा काष्ठ उत्पादनहरु दिँदै आएको छ । कम्पनीले आफ्ना डिलरमार्फत र केही रिटेलरमार्फत पनि फर्निचरहरु वितरण गर्दै आएको छ । हाल यस उद्योगको काठमाडौँमा १८ र उपत्यका बाहिर १५ वटा सोरुम सञ्चालनमा छन् । अझ यो सोरुम तथा डिलरहरु विस्तार हुने क्रममा रहेको व्यवस्थापक पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

हाल यो कम्पनीले ढल्खुमा एक घर नै भाडामा लिएर आफ्नै बृहत् फर्निचर सोरुम चलाइरहेको छ । जहाँ कम्पनीबाट उत्पादन भएका सम्पूर्ण फर्निचर प्रदर्शन गरिनुका साथै बिक्रीवितरण गरिन्छ ।

सोरुममा नेपालमा पाइने सबै खाले फर्निचर पाइने र केही विदेशी फर्निचरसमेत उपलब्ध भएको सोरुम म्यानेन्जर उपेन्द्र भट्टराई बताए ।

हामीकहाँ सबै खालका फर्निचर उपलब्ध छ । नेपाली चलनचल्तीका फर्निचरदेखि विदेशी फर्निचरसमेत उपलब्ध छन् । भट्टराईले भने, ‘हामीसँग नभएको फर्निचरको समेत ग्राहकले डिजायन ल्याए बनाएर दिन सक्छौँ । त्यो क्षमता हामीसँग छ ।’

सोरुममा सामान्य ७, ८ हजारदेखि दुई तीन लाखसम्मका फर्निचर उपलब्ध छन् ।

हाल नेपालमा मात्र सीमित सनराइजका उत्पादन अब छिट्टै बाहिरी मुलुकमा समेत निर्यात गर्ने तयारीमा रहेको पोखरेलले जानकारी दिए ।

उद्योगको सङ्क्षिप्त परिचय

सनराइज फर्निचर उद्योगको सन् २००७ सालमा स्थापना भएको थियो । चिनियाँ व्यवसायी वाङ्जुङ व्यापारको सिलसिलामा काठमाडौँ आएपछि एक नेपालीसँग मिलेर यस उद्योगको स्थापना गरेका थिए । 

दक्षिण एसियाली पारवहान सञ्जाल ‘वान बेल्ट वान रोड’ समितिका सदस्यसमेत रहेका चिनियाँ व्यवसायी वाङ जुङ्ले यस उद्योगमा लगानी गरेका छन् । झन्डै सवा ४ रोपनी क्षेत्रफलमा फैलिएको सनराइज फर्निचर उद्योगमा वाङले एक नेपाली युवा व्यवसायी अमृतकुमार खड्कासँगको व्यावसायिक साझेदारीमा लगानी हालेका हुन् । झण्डै १२ करोड लगानी रहेको यस उद्योगमा वाङ र खड्काको ५०, ५० को साझेदारी छ ।

यस्तो छ सनराइजको बृहत् फर्निचर सोरुम

काठमाडौँ । चिनियाँ व्यवसायी वाङ जुङसहित नेपाली व्यवसायी अमृतकुमार खड्काले सञ्चालन गरेको सनराइज फर्निचर उद्योगको आफ्नै सोरुम छ । कम्पनीले काठमाडौँको ढुल्खुस्थित एक घरमा बृहत् फर्निचर सोरुम चलाएको छ । सनराइज उद्योगबाट उत्पादित सबै खाले उत्पादन कम्पनीले यसै सोरुममार्फत प्रदर्शन गर्नुका साथै बिक्रीवितरण गर्दै आएको छ ।

सनराइज फर्निचर सोरुम आफैमा एक बृहत् सोरुम हो । बिल्डिङको तल्लो तलादेखि माथिल्लो टप फ्लोरमा समेत सनराइजका फर्निचरले भरिभराउ छ । त्यसो त सनराइजको उत्पादन नै कहाँ कमी छ र ? अझ अर्को घरमा यसैगरी फर्निचर सो चलाए पनि अट्दैन । त्यसैले पनि होला कम्पनीले आफू एक्लैले नगरेर यो लगायत काठमाडौँमा मात्र अन्य यस्तै १७ डिलरहरुलाई सोरुम दिएको छ । उपत्यका बाहिर पनि यस्तै १५ सोरुमहरु छन् ।

सनराइज सोरुममा सामान्य काष्ठ उत्पादनदेखि हाई लेबलका उत्पादन समेत सो गरिएका छन् । जहाँ प्रवेश गर्दा मात्र पनि कुनै आलिसान मलको फर्निचर नै फर्निचरको सङ्ग्रहालयमा गए जस्तो लाग्छ । सोरुमको फर्निचर हेर्दा मनै लोभ्याउने खालका छन् । आकर्षण त्यत्तिकै । अझ त्यसमाथिको लग्जरियस र आधुनिक फर्निचरले त छोड्नै मन नलाग्ने । आइटम आइटमका उत्पादनहरु छन् ।

लग्जरियस् सोफाको मात्र १२ भन्दा बढी आइटमहरु सोरुममा छ । त्यसमा पनि फर्निचरको डिजाइन, क्वालिटी, आकर्ष र प्रविधिमैत्रीले प्रभाव पारेको छ । सामान्य १५, २० हजारदेखि लाख, डेढ लाखसम्मका सोफाहरु सनराइज सोरुममा छन् । कस्तो चाहियो, कति रेन्जको चाहियो रोजेर लिन सकिन्छ ।

सोकेस तथा दराजहरुको आकर्षण पनि त्यस्तै छ । विभिन्न स्वदेशीदेखि विदेशी डिजाइनका दराजहरु समेत सोरुमा छन् । काठ, प्लाइका दराजका साथै स्टिलका दराजसमेत सोरुममा उपलब्ध छन् । ४, ५ आइटमका दराजहरु सोरुममा उपलब्ध रहे पनि डिजाइन अनुसार बनाउन सकिने सोरुमका व्यवस्थापक उपेन्द्र भेट्टराई बताउँछन् ।

‘हामी कहाँ चलनचल्तीका सबै खाले आइटम छन् । तर आवश्यक परेको र हामीसँग नभएको आइटम वा डिजाइन छ भने पनि ग्राहकले माग गरेमा हामी तयार गरिदिन्छौँ ।’

सोरुमको अर्को आकर्षणको केन्द्र लग्जरी किङ बेड हो । जुन हाइड्रोलिक सस्पेन्सनसहित तलमाथि गर्न सकिन्छ । जसभित्र पर्याप्त सामान राख्न सकिन्छ । यसको मूल्य एक लाखभन्दा माथि पर्छ । यस्तै अन्य बेडका थुप्रै डिजाइनहरु सोरुममा छन् । 

यी लगायत सोरुममा आकर्षक र चिटिक्कको परेको टी टेबुल, डाइनिङ टेबुल, चियर, अफिसियल र्याक, वर्किङ टेबुल, सभा हल गोष्ठी राउन्ड टेबुल लगायतका थुप्रै आइटम छन् । जुन नेपालमा मात्र उत्पादन नभएर चाइनामा समेत उत्पादन भएका प्रोडक्टहरु उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेरो प्रयास
मेरो प्रयास
लेखकबाट थप