शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामको दोस्त हुनु ठिकै हो, हाम्रोमा हनुमानको दोस्त हुने प्रवृत्ति छ: बाबुराम भट्टराई

सोमबार, ०२ भदौ २०७६, १५ : ३८
सोमबार, ०२ भदौ २०७६

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले हनुमानको दोष भन्ने प्रवृत्ति बढेको बताएका छन् । धर्म–हिरा प्रतिष्ठानद्वारा सोमबार काठमाडौंमा आयोजित धर्मरत्न यमीको १०४ औँ जन्म स्मृति समारोहमा अध्यक्ष भट्टराइले यस्तो बताएका हुन् ।  उनले भने, ‘उहाँले (धर्मरत्न यमी) भन्नु हुन्थ्यो दोस्त बन्नु छ भने रामको दोस्त बन्नु, हनुमानको दोस्त नबन्नु । तर यहाँ त रामको दोस्त भन्दा पनि हनुमानको दोस्त भन्ने प्रवृत्ति छ ।’

मुलुकको प्रवृत्तिलाई ब्यङ्ग्य गर्दै धर्मरत्नले ‘पशुका, पशुपति भगवान’ भन्ने गरेको कुरालाई समेत अध्यक्ष भट्टराईले स्मरण गरे । धर्मरत्न बहुआयामिक व्यक्तित्व भएको भन्दै उनले भने, ‘१९१५ देखि १९७५ को कालखण्डमा धर्मरत्न यमी जन्मेका हुन । त्यो कालखण्डलाई हेरेर उहाँलाई बुझ्ने कोशिस गर्नुपर्छ ।’

साथै अध्यक्ष भट्टराईले धर्मरत्न काँग्रेस, कम्युनिष्ट हुँदै पञ्चायतको नजिक हुन पुगेको पनि बताए ।  ‘उहाँ पहिले काँग्रेस हुनु भयो । काँग्रेस राष्ट्रियताको पक्षमा कमजोर देखिएपछि कम्युनिष्ट हुनुभयो । तर सरकार बन्ने गिर्ने कुरा हुन थालेपछि वाक्क दिक्क हुनुभएको कुरा उहाँको किताबमा पाइन्छ । त्यसपछि राजा महेन्द्र राष्ट्रियताका सवालमा खरो उत्र्रिनुभएको देखेर राजासँग पनि नजिक हुनुभयो,’ उनले भने, ‘उहाँको निधन हुँदा न उहाँ काँग्रेस हुनुभयो न कम्युनिष्ट हुनुभयो न पञ्चायत बन्नुभयो । उहाँ त कुनै वर्गको रहनुभएन । सबैको नजिक हुनुभयो, कसैको हुनु भएन ।’

अध्यक्ष भट्टराईले उनी लोकतन्त्रवादी, समाजवादी र राष्ट्रवाद हुँदा सबैसँग नजिक हुन पुगेको बताए । उनले भने, ‘नेपालको इन्द्रधनुष्य नै नेपालको राष्ट्रियता भन्ने उहाँको भनाइ थियो । हो पनि एउटा राज्यमा धेरै राष्ट्रियता हुन्छ । नेपाल बहुआयमिक राष्ट्रियता भएको राज्य हो ।’ 

जंगबहादुर राणाले नेपालको राष्ट्रियतालाई जातियतामा विभाजित गर्ने काम गरेको अध्यक्ष भट्टराईको बुझाइ छ । ‘जंगबहाुदर राणाले नेपालको राष्ट्रियतालाई जातियतामा विभाजन गर्ने काम गर्नुभयो । जसकारण अहिले मुलुक जातियतामा विभाजित भएको छ,’ उनले भने, ‘यसलाई जोडन हामीले अहिले संघीय राज्यको अभ्यास गरिरहेका छौँ । तर त्यसको कार्यान्वयनमा केही कमजारी भएको महशुस हुन थालेको छ ।’ नेपाललाई इन्द्रिय बनाउनु नै धर्मरत्नप्रतिको सच्चा श्रदाञ्जली हुने अध्यक्ष भट्टराईको जिकिर छ । धर्मरत्न यमी समाज रुपान्तरणका लागि व्यवहारिक रुपमा प्रस्तुत भएको उनको भनाइ थियो ।

साहित्यमा पनि धर्मरत्न बहुआयामिक भएको भन्दै अध्यक्ष भट्टराईले नेपाली भाषामा भएको भए उनको लिसा कृति लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भन्दा लोकप्रिय हुने धेरैको भनाई रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप