शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२ वटा सुनगोहोरोसहित एकजना पक्राउ

सोमबार, ०२ भदौ २०७६, १७ : २४
सोमबार, ०२ भदौ २०७६

मोरङ । जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई  प्रहरीले कारवाही अघि बढाएको छ । 

मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुन गोहोरोसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिए । 

यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ११५ स्थानीय जातका कुखुरा बरामद गरी प्रहरीले आज नष्ट गरेको छ । सो कुखुरा रु ६१ हजार मूल्य बराबरको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप