शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल मेडिसिटी अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्छ: डा. उपेन्द्र महतो

सोमबार, ०२ भदौ २०७६, १७ : ३९
सोमबार, ०२ भदौ २०७६

काठमाडौं– नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बीच सम्झौता भएको छ । नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतो एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताए । यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने धारणा राखे ।

त्यस्तै, चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वदेशमा र विदेशमा परीक्षण गर्दा उस्तै अनुुभव भएको र नेपाल मेडिसिटी अस्पतालको गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको पाएकाले स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए ।

अन्य मुलुकमा उपचारका लागी यात्रा गर्नुु स्वदेशको धनराशी बाहिर जानुभएकाले यसको नियन्त्रणमा गर्न मेडिसिटीसंगको सम्झौताले सहयोग गर्ने अपेक्षा उनले थियो ।

सम्झौतापश्चात नेपाल मेडिसिटी अस्पतालको सेवामा चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप