शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको सम्बन्धमा खानेपानी मन्त्रालयद्वारा विज्ञ सल्लाहकार समूह गठन

सोमबार, ०२ भदौ २०७६, १८ : १६
सोमबार, ०२ भदौ २०७६

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ । 

खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले  खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो । 

पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु बीरेन्द्र बहादुर देउजा, हरेराम कोइराला, सुमन प्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहनु भएको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए । 

प्रवक्ता शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुतगतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ । 

मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप