बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

सोमबार, ०२ भदौ २०७६, १९ : २०
सोमबार, ०२ भदौ २०७६

एजेन्सी– केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसीरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भने, ‘पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ । 

पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो । –एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप