बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्काका राष्ट्रपतिद्धारा नयाँ सेनापति नियुक्त

सोमबार, ०२ भदौ २०७६, २३ : ४४
सोमबार, ०२ भदौ २०७६

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन् ।  वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका छन् ।

सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्य मार्फत् जानकारी गराएको छ । उनी श्रीलङ्काको २३औ सेनाप्रमुख भएका छन् ।सिल्भा भन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति रहेका थिए । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गरेका थिए ।   

प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि वहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ । -सिन्ह्वा/photo-Economynext.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप