शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–भारत संयुक्त बैठकमा पुरानै एजेन्डा

मङ्गलबार, ०३ भदौ २०७६, ०६ : २२
मङ्गलबार, ०३ भदौ २०७६

परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ । 

बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । दुई दिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल आज काठमाडौँ आउँदैछ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप