शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

मङ्गलबार, ०३ भदौ २०७६, ०७ : ४६
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन९डिपीआर०का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ । 

लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । 

चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

अहिले डिपीआरका लागि राइट्स(रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप