बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प र मोदीको कुराकानी, नामै नलिई पाकिस्तानमाथि निशाना

मङ्गलबार, ०३ भदौ २०७६, ०८ : २२
मङ्गलबार, ०३ भदौ २०७६

जम्मू–कश्मीरबाट धारा ३७० हटाइएपछि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुराकानी भएको छ ।

कुराकानीमा मोदीले पाकिस्तान र इमरान खानको नाम नलिइकनै उनीमाथि तनाव फैलाएको आरोप लगाए ।

मोदीले क्षेत्रीय स्थितीबारे कुरा गर्दै भने, ‘केही नेता भारतविरुद्ध हिंस्रक भड्किलो बयानबाजी गरिरहेका छन् जुन इलाकाको शान्तिका लागि फाइदाजनक छैन ।’

मोदी र ट्रम्पबीच त्यस्तो बेला कुराकानी भएको छ जब हालै ह्वाइट हाउसले ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच कुराकानी भएको र त्यसमा ट्रम्पले उनलाई इस्लामाबाद र नयाँ दिल्लीसँग कुराकानी गर्न सल्लाह दिएको छ ।

शुक्रबार ह्वाइट हाउसको बयानपछि पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पाकिस्तानी प्रधानमन्त्रीले कश्मीरमा भएको हालैका घटनाबारे आफ्नो चिन्ता र क्षेत्रीय शान्तिको खतराबाट अमेरिकी राष्ट्रपतिलाई अवगत गराएको जानकारी दिएका थिए ।

प्रधानमन्त्री कार्यालयले गर्यो ट्वीटः

प्रधानमन्त्री कार्यालयले सोमबार प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोनमा ३० मिनेट कुराकानी भएको जसमा द्वीपक्षीय र क्षेत्रीय मामलामाथि कुराकानी भएको जानकारी दियो ।

प्रधानमन्त्री कार्यालयले विभिन्न ट्वीट गरेको छ । जसमध्ये एकमा मोदीले ट्रम्पसँग जूनको अन्तिममा ओसाकामा भएको जी–२० सम्मेलनबारे पनि जानकारी दिँदै भारत र अमेरिकाका अर्थमन्त्री दुबै देशको लाभका लागि चाँडै नै भेट गर्ने आशा व्यक्त गरेको बताएको छ ।

साथै मोदीले आतंक र हिंसामुक्त वातावरणको महत्वमाथि पनि जोड दिएको बताइएको छ । साथै उनले कुनै अपावद बिना सीमाको आतंकवाद टाढै रहनुपर्ने पनि बताएको बताइन्छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप