शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोग्वा पेनाल्टीमा चुक्दा युनाइटेडको बराबरी

मङ्गलबार, ०३ भदौ २०७६, ०८ : ४५
मङ्गलबार, ०३ भदौ २०७६

स्टार स्ट्राइकर पाउल पोग्वा पेनाल्टीमा चुकेपछि इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर टोली वल्भ्ससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा युनाइटेडलाई वल्भ्सले १–१ गोलको बराबरीमा रोकेको हो ।

युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । २७औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा लय गुमाएको थियो । मार्सियलले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए । घरेलु टोली वल्भ्सले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो । ५५औं मिनेटमा रुवेन नेभेसले बराबरी गोल गरे । उनले जाओ मोउटिन्होको पासमा गोल गरेका थिए ।

त्यसपछि ६८औं मिनेटमा पेनाल्टीमा चुक्दा युनाइटेड अंक बाँड्न बाध्य भयो । वल्भ्सका रायन बेन्नेटलले मार्सियललाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा पोग्वा चुकेका थिए । पोग्वाको प्रहार वल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले सजिलै बचाएका थिए । लिगको पहिलो खेलमा चेल्सीलाई ४–० गोलले हराएको चेल्सी वल्भ्सविरुद्ध त्यति जम्न सकेन ।

दुई खेलसँगै चार अंक बनाएको युनाइटेड चौथो स्थानमा छ । दुबै खेल बराबरी खेलेको वल्भ्सको दुई अंक छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको आर्सनलको समान ६ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप