शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलको नामबाट भाइरल भयो अश्लील चुट्किला, महिला भड्किएपछि दिए यस्तो जवाफ

मङ्गलबार, ०३ भदौ २०७६, ०८ : ५९
मङ्गलबार, ०३ भदौ २०७६

कपिल शर्माको नामबाट सोसल मिडियामा चुट्किला भाइरल भइरहन्छन् । यीमध्ये कति उनका आफ्नै हुन्छन् भने कतिमा उनको नाम प्रयोग गरिएका हुन्छन् । यस्तै, एउटा चुट्किला ट्वीटरमा सार्वजनिक भएको छ जसमा कपिलको नामबाट महिलाका लागि अपमानजनक शब्दको प्रयोग गरिएको छ । यसका लागि ट्वीटर प्रयोगकर्ताले उनीविरुद्ध रिस व्यक्त गरे र उनलाई प्रतिबन्ध लगाउन माग उठाए । अन्ततः कपिल आफैंले यसबारे स्पष्टिकरण दिएका छन् ।

यो हो पूरा मामलाः

‘आवारा लड्का राज’ नामको ट्वीटर ह्यान्डलले यो चुट्किला सेयर गरेको हो । चुट्किलाको सबैभन्दा तल कपिल शर्मा लेखिएको छ । चुट्किला पढ्ने बित्तिकै वेणी माधव नामकी एक महिला प्रयोगकर्ताले लेखिन्, ‘आवारागर्दीका लागि यो ट्वीटर नै पायौ ? आवारागर्दीको शौख चढेको छ ? हेर्न चाहन्छौ आवारागर्दी ? यो ट्वीटर सोसल मिडिया हो । यसको परिणाम निकै भयावह पनि हुनसक्छ । पुलिस तिमीसम्म पुग्न बेर लाग्दैन । जे पनि लेख्छौ मर्यादामा बसेर लेख ।’

अन्य प्रयोगकर्ताले कपिललाई प्रतिबन्ध गर्नुपर्ने माग राखेः

वेणीको कमेन्टमा जवाफ दिँदै लाडो नामको ट्वीटर ह्यान्डलले पनि आफ्नो रोष व्यक्त गरेकी छिन् । यसमा लेखिएको छ, ‘धम्की दिनुअघि अन्तिम लाइन पढ्नु भएको भए हुन्थ्यो । ती शब्द कपिल शर्माको हो । सक्नुहुन्छ भने उनलाई ब्लक गर्नुहोस् वा केस गर्नुहोस्, जो टिभीमा अनावश्यक बकवास गर्छन् र सोनी टिभीलाई पनि प्रतिबन्ध गर्नुहोस् म्याडम । ट्वीटरमा सामाजिक कार्यकर्ता नबन्नुहोस्, वास्तवमा नै गर्नुहोस् महिलाका लागि । यहाँ रि–ट्वीट, फलोअर्सको मात्र मोह छ ।’

कपिलको जवाफ, ‘बहिनी, वास्तविकता बुझेको भए हुन्थ्यो’

लाडो नामको ट्वीटर ह्यान्डलबाट आएको कमेन्ट देखेर कपिलले आफूलाई रोक्न सकेनन् । उनले यसबारे स्पष्टिकरण दिएका छन् । कपिलले जवाफमा लेखे, ‘प्रिय बहिनी, तपाईंले प्रतिक्रिया दिनुअघि वास्तविकता के हो त्यो बुझेको भए हुन्थ्यो । ती मेरा शब्द थिएनन् । अरु कुरा रामजीले ठिक गर्नेछन् । धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप