त्रिवेणी छोटी भन्सारद्वारा सेवा विस्तार
गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास (सामानको भन्सार राजश्व सङ्कलन) कार्यको शुरुआत गरेको छ ।
पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले रु २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको हो । यसअगाडि सामानको भन्सार राजश्व सङ्कलन (जाँचपास) नहुने गरेको यस छोटी भन्सार कार्यालयले पहिलो पटक न्यूनतम रकमबाटै भन्सार राजश्व सङ्कलनबाट सेवा शुरु गरेको हो ।
सो कार्यालयबाट रु २५ हजार बराबरसम्मको राजश्व सङ्कलन कार्य शुरु गरिएको महेशपुर मूल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताउनुभयो । यो कार्यसँगै गण्डक प्रदेशका व्यापारीलाई केही सहज हुने अपेक्षा गरिएको छ । महेशपुर मूल भन्सारअन्तर्गत पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयसमेत पर्दछ । त्यहाँ दुई कर्मचारी कार्यरत छन् । त्रिवेणी भन्सार कार्यालय गण्डक प्रदेश र भारतीयय सिमाना जोडिएको एक मात्र भन्सार नाकाका रुपमा मानिन्छ ।
यसबाहेक पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र विष्णुपुरा छोटी भन्सार कार्यालय पनि महेशपुर मूल भन्सार कार्यालयअन्तर्गत पर्दछ । ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलको काम हुँदैन । ती छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपाल नजीकको बजार आउने सवारी सधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ । ती कार्यालयलाई राजश्व सङ्कलनको अनुमति प्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा