शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकन्थलीमा ४० मिटर सडक भासियो : स्थानीयका ५ घर जोखिममा

मङ्गलबार, ०३ भदौ २०७६, १३ : १८
मङ्गलबार, ०३ भदौ २०७६

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ स्थित लोकन्थलीमा गएराति गएको पहिरोका कारण पाँच घर जोखिममा परेका छन् ।

सडक भासिएर पहिरो जाँदा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको घर जोखिममा परेकाे हाे  ।

सो स्थानमा व्यवसाय गर्दै आएका व्यापारी प्रकाश भण्डारीको पसलको सामान गए रातीनै भक्तपुरस्थित वीरदल गणबाट खटिएका सैनिक र नेपाल प्रहरीको सहयोगमा सुरक्षित  स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उक्त क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा जमिन सतहमा असन्तुलन देखिनु र लगातार पानी परेपछि पाँच घर पहिरोको जोखिममा परेको  स्थानीयको भनाइ छ ।

वडा अध्यक्ष सुरज खड्काका अनुसार करिब ४० मिटर सडक भासिएको छ । गत वर्षदेखि नै उक्त स्थानमा २ फुट सडक भासिएको थियो । अहिले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको वडा अध्यक्ष खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप