मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभाको बैठक भदौ ८ गते

मङ्गलबार, ०३ भदौ २०७६, १४ : २६
मङ्गलबार, ०३ भदौ २०७६

हेटौंडा– प्रदेश नं ३ प्रदेशसभाको बैठक यही भदौ ८ बजे दिनको २ बजे बस्ने भएको छ ।  उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताए ।

सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उनले  जानकारी दिए ।प्रदेश सरकारले ०७६/७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप