श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको अभियोगमा पक्राउ
मङ्गलबार, ०३ भदौ २०७६, १४ : ४७
धादिङ- आफ्नै श्रीमती २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका-१ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीकाे केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै