बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमार्फत खुकुरी देखाउँदै ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ

मङ्गलबार, ०३ भदौ २०७६, १५ : ११
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं । प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाकाको टोलीले पक्राउ गरेको हो । 

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै  भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 

पक्राउ परेका क्षत्रीलाई काठमाडौं ल्याइँदै छ । 

एसएसपी थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षत्रीलाई पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप