शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक स्थगित

मङ्गलबार, ०३ भदौ २०७६, १६ : २७
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौँ– आजका लागि डाकिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।  मङ्गलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पर्याप्त गृहकार्य नभएको भन्दै स्थगित गरिएको नेकपाले जनाएको छ । 

आजको सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्ने बताइएको थियो । नेकपामा विभिन्न आयोग सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा हुन बाँकी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप