बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकद्वारा वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि बैंक ग्यारेन्टी सुविधा

मङ्गलबार, ०३ भदौ २०७६, १७ : ३३
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि बैंक ग्यारेन्टीको सुविधा दिने भएको छ । 

बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

यस अन्तर्गत बैंकले १ करोड ५० लाखको बैंक ग्यारेन्टी तल उल्लेखित बमोजिम पाँच बर्षको लागि जारी गर्नेछ । जसमा नगद मार्जिन २० लाखको हुनेछ भने कमिशन ४ लाखको हुनेछ ।

साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी गराएको छ ।

सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप