शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई  कमजोर बनायो : विमलेन्द्र निधि

मङ्गलबार, ०३ भदौ २०७६, १९ : १७
मङ्गलबार, ०३ भदौ २०७६

बुटवल– नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले  प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

नेता निधिले संविधान र संघीय मर्मअनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश सरकार कमजोर भएको बताए । केन्द्र सरकारका कारण सातै प्रदेशका मुख्यमन्त्रीलाई निरिह बनाउने काम सरकारले गरेको उनको दाबी छ ।

सरकार संविधान र संघीय मर्मअनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताउँदै उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संविधान र संघीयता धरापमा परेको आरोप लगाए ।  पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निर्मला हत्या प्रकरण रेकडेट इस्सु भएको समेत दाबी गरे ।

नेता निधिले काँगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दावी गर्दै पार्टी संविधान र संघीयताको पक्षमा रहेको बताए । राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुर्याउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा सो पार्टीले प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप