शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वदलीय बैठक: सबै दलहरुलाई फेरि एकपटक एकजुट हुन प्रधानमन्त्री ओलीको आह्वान

मङ्गलबार, ०३ भदौ २०७६, २२ : २१
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्व र शक्तिहरू सक्रिय भएको भन्दै छलफल भएको छ ।  प्रधानमन्त्री ओलीले मंगलबार साँझ आफ्नो सरकारी निवास बालुवाटारमा बोलाउनुभएको बैठकमा लोकतान्त्रिक गणतन्त्रको एजेन्डामा एक भएका दलहरु फेरि एकपटक एकजुट हुनुपर्नेमा जोड दिए ।

बैठकपछि सम्वाददाताहरुसँग बोल्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्रीले देशको पछिल्लो अवस्थामा लोकतान्त्रिक शक्तिहरु समझ्दारी साथ सहकार्य गर्न आवश्यक भएको धारणा राखेको बताए ।

 प्रधानमन्त्रीले बैठकको सुरुमा विषय प्रवेश सँगै गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि निरन्तर आक्रमण हुन थालेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको बताए । साथै प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा बढ्दै गएको हिंसात्मक गतिविधिविरुद्ध एक भई सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नुभएको प्रवक्ता श्रेष्ठले बताए । 

बैठकमा सहभागी दलका शीर्ष नेताहरुले प्रधानमन्त्रीको धारणामा सहमत हँुदै लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्न सरकारलाई साथ दिन तयार रहेको धारणा राख्नु भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
आज बसेको बैठकमा समसामयिक राजनीतिसँगै प्रधामन्त्रीले आफ्नो स्वास्थ्यबारे नेताहरुलाई जानकारी गराएका थिए । भोली पुनः बैठक बस्ने भएको छ । भोलीको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी चयन र शान्ति प्रक्रियाका बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने विषय केन्द्रित छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप