बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको ऋणपत्र आह्वानमा अपेक्षाभन्दा बढी आवेदन

मङ्गलबार, ०३ भदौ २०७६, २३ : ५०
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्रमा माग  गरेभन्दा बढी आवेदन परेको छ । बैंकले साउन ६ गतेदेखि जारी गरेको ३ अर्ब बराबरको ऋणपत्रमा माग  गरेभन्दा बढी आवेदन परेको हो । आइसीआरएएन आइबार ए माइनस रेटिंग प्राप्त माछापुच्छ्रे ऋणपत्रमा बजारमा लगानीयोग्य रकम अभाव देखिइरहेको परिप्रेक्ष्यमा पनि  आशा गरिएभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

ऋणपत्रमध्ये मागगरेभन्दा बढी आवेदन प्राप्त माछापुच्छ्रे बैंक पहिलो बैंक हो । बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरसहित १० वर्ष अवधिको लागि ३ अर्बको ऋणपत्र जारी गरेको थियो । बैंकले २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवदेन गर्न सक्नेगरी छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्मका लागि निश्कासन भएको ऋणपत्रमा अपेक्षा गरेभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

बैंकमा ग्राहको अपार माया र विश्वासको प्रतिफलस्वरुप बैंकले जारी गरेको ऋणपत्रमा अपेक्षाभन्दा बढी आवेदन परेको माछापुच्छ्र्रै बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप