‘आइएम ट्वान्टी वन’ मा जसिता
काठमाडौं –अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्कासँग लव अफेयर रहेको हल्लाले केही अगाडि बजार तताएको थियो । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका यी दुबै रिलमा पनि प्रेमी जोडी भएको केही मिडियाले चर्चा समेत गरे । तर सो चर्चा त्यसै सेलाएर गयो ।
‘लिलिबिली’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री जसिताको अब भने धिरज मगरसँग जोडी जम्ने भएको छ । कोरियोग्राफरबाट निर्देशनमा होमिएकी रेनेशा वान्तवा राई राणाको फिल्म ‘आइएम ट्वान्टी वन’मा उनी धिरजको जोडी बन्ने भएकी हुन् । जसको लागि निर्माण युनिटले उनीसँग हालै सम्झौता गरेको छ ।
करिब एकबर्ष अगाडि घोषणा गरिएको फिल्मका लागि धिरज भने केही पहिले फाइनल भएका थिए । धिरज गतबर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’का हिरो हुन् ।
आइकोर फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको छायाँकन तिहार लगत्तै सुरु हँुदैछ । फिल्मको अहिले वर्कसप तयारी भइरहेको छ । जसका लागि जसिता यसै साता लण्डनबाट नेपाल आउँदैछिन् । धिरज भने अहिले नेपालमै छन् ।
प्रज्वल शमशेर जबराको लगानीमा निर्माण हुने फिल्ममा जसिता र धिरज बाहेक अन्य कलाकार निर्माण युनिटले अहिले गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ