
एसिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौं– यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।
यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलङ्कासँगै बङ्गलादेश र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन् ।
त्यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । असार महीनामा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ