शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसीसी यू–१९ एसिया कप क्रिकेट : नेपालको पहिलो खेल श्रीलंकासँग

बुधबार, ०४ भदौ २०७६, १५ : ०६
बुधबार, ०४ भदौ २०७६

काठमाडौं–एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।
 एसिया कप क्रिकेट भदौ १९ देखि २८ गते सम्म श्रीलंकामा आयोजना हुँदैछ । एसीसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल भदौं २० गते श्रीलंकासँग खेल्ने तय भएको हो ।

नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । यसअघिको संस्करणमा नेपालले भारतलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप