सामाजिक सद्भावका लागि टीकापुरमा राष्ट्रिय सम्मेलन
धनगढी । सामाजिक सद्भाव कायम गर्न टीकापुरमा थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन भदौ ७ गतेबाट सुरु हुने भएको छ ।
थारुवान÷थारुहटको राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
थरुहट र थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाको ज्यान गएको थियो । सोही दिनको सम्झनामा टीकापुरमा पहाडी र थारुको तिक्तताको अन्त्य गर्दै सामाजिक सद्भाव कायम गर्न सो सम्मेलनको आयोजना गरेको थारुवान÷थारुहटका नेता तथा पूर्व संसद कृष्ण कुमार चौधरीले बताए ।
भोलीबाट टीकापुरमा सरसफाइ गरी ६ र ७ गते सम्म रक्तदान कार्यक्रम गरिने उनले बताए । सम्मेलनको अवधिभर खानेपानी र पुुष्प गुच्छाले सहभागी हुन आउनेलाई स्वागत गर्ने, प्रतीकात्मक रुपमा थारुको घरमा पहाडी र पहाडीको घरमा थारु समुदायका मानिसलाई बसाउँने कार्यक्रम गरिने कार्यक्रम तय भएको थरुहट ÷थारुवानका नेता लक्ष्मण चौधरीले बताए ।
थरुहट ÷ थारुवान एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन संविधान संशोधन सहित थारुहट÷थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन भन्ने मूल नाराका साथ सम्मेलन सुरुहुने आयोजकले जनाएको छ ।
सम्मेलनमा तीन सय जना स्वयं सेवक रहने,कार्यक्रम स्थलमा सीसीटीभी क्यामरा जडान गरिने जनाइएको छ । सम्मेलनमा काठमाण्डौँ उपत्यका सहित थारुहट तराईका २४ जिल्ला र विदेशमा रहेका थारु संघ संस्थाहरुको उत्साहजनक सकृय सहभागिता हुने आयोजकले जनाईएको छ ।
आजै सद्भाव कायम गर्न फूलको गुच्छा समातेर पत्रकारहरु संग थारुवान÷थारुहटका नेता लक्ष्मण चौधरीले सामुहिक तस्विर समेत खिचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर