मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक सरेको सर्‍यै

बुधबार, ०४ भदौ २०७६, १७ : ३५
बुधबार, ०४ भदौ २०७६

काठमाडौँ– एकताका बाँकी काम टुङ्ग्याउन बोलाइएको नेकपाको सचिवालय बैठक सरेको सर्यै भएको छ ।  मङ्गलबारका लागि तय गरिएको बैठक बुधबार ११ बजेका लागि सारिएको थियो । ११ बजे बैठक नबसेपछि बुधबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक पनि पर्याप्त गृहकार्य नपुगेको भन्दै बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । 

सचिवालय बैठकमार्फत पार्टीको पोलिट्ब्युरो कमिटी र विभिन्न आयोगहरु गठनबारे छलफल गर्नूका साथै विभिन्न आयोग सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास सङ्गठनको एकता घोषणा गरिने नेकपाले जनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप