बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी

बुधबार, ०४ भदौ २०७६, १८ : २८
बुधबार, ०४ भदौ २०७६

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार, नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ । ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२% (बेस रेट २.५०%) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।

साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । “सर्भिस विथ स्माइल” नारा सहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको छ । 

एभरेष्ट बैंकका सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका अध्यक्ष रितु राज सापकोटाले एकआपसमा एमओयू साटा–साट गरेका छन् । एभरेष्ट बैंकले प्रदान गर्ने सेवा तथा सहकार्यका विषयमा नेशनल प्याबशनको वार्षिक अधिवेशनमा छलफल गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप