केन्द्रीय संस्करण

मुख्यमन्त्री शाहीले दिए कर्मचारीलाई निर्देशन

person explore access_timeभदौ ४, २०७६ chat_bubble_outline0

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३ महिनाभित्रै निर्माण कार्य थालनी गर्ने गरि योजना कार्यन्वयन प्रक्रिया अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएपश्चात पहिलोपटक बुधवार मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले भोली देखिनै बजेट कार्यान्वयनको तयारी शुरु गर्न निर्देशन दिँदै भने– ‘पहिलो महिनाभित्र सर्भे, डिजाईन, स्टीमेटको काम पुरा गर्ने, दोश्रो महिना सार्वजनिक खरीद तथा टेण्डरको कार्य पुरा गर्ने र तेश्रो महिनादेखि निर्माण कार्यको काम अगाडि वढाउने गरि काम थालनी गर्नुस्।’

मुख्यमन्त्री शाहीले योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौं वितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नभएकोप्रति आफनो ध्यानाकर्षण भएको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको भन्दै मुख्यमन्त्री शाहीले जनतालाई संघीय व्यवस्थाको फाईदा अनुभूति हुने गरि मन्त्रालयले कार्यसम्पादन गर्नुपर्ने बताए ।

पहिलोपटक भौतिक पूर्वाधार विकास मन्त्रालय पुगेका  मुख्यमन्त्री शाहीलाई प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मन्त्रालयका सचिव दानरत्न शाक्य तथा मन्त्रालयका कर्मचारीहरुले अविरमालाले स्वागत गरेका थिए । 

नक्कली बैंक ग्यारेण्टीपत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि गएको साता मुख्यमन्त्री शाहीले साविकका भौतिक पूर्वाधार विकास मन्त्री खडकवहादुर खत्रीलाई वर्खास्त गरि सो मन्त्रालयको जिम्मेवारी आफैले लिने निर्णय गरेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.