शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बाहिरियो

बुधबार, ०४ भदौ २०७६, १९ : ४१
बुधबार, ०४ भदौ २०७६

काठमाडौं– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण प्रवेशका लागि जित्नैपर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार खेप्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित बन्यो । माल्दिभ्स २५–२१, २५–२१, २५–१४ को सोझो सेटमा विजयी भएको थियो ।

यसै च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्सलाई नै हराएर कांस्य पदक जितेको थियो । नेपाली टोलीले यसपटक समूह चरणका दुवै खेल लगातार गुमायो । पहिलो खेलमा पनि नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित  भएको थियो । नेपाललाई हराएसँगै समूह ‘ए’ को उपविजेताका रुपमा माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप