बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपसभामुख र उपाध्यक्षद्वारा प्रदेश उपसभामुखसँग भिडियो संवाद

बुधबार, ०४ भदौ २०७६, २२ : ५४
बुधबार, ०४ भदौ २०७६

काठमाडौं-प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र  राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आज सातवटै प्रदेशसभाका उपसभामुखसँग आज भिडियो संवाद गरेकी छिन् । 

उनीहरुबीच अनुभव आदानप्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो संवाद गरिएको उपसभामुख डा तुम्बाहाङ्फेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । भिडियो संवादमा उनीहरुले आफ्ना अनुभव साटासाट गर्नुका साथै संसद्लाई प्रभावकारी बनाउन उपसभामुखले खेल्नुपर्ने भूमिका र दायित्वबारे पनि छलफल गरेका छन् ।

प्रतिनिधिसभाका उपसभामुख डा तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष दाहालले सिंहदरबारस्थित आआफ्नै कार्यकक्षबाट र सातवटै प्रदेशका उपसभामुख आ–आफ्नो प्रदेशका कार्यालयस्थित कार्यालयबाट संवाद गरेका थिए  । 

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल विराटनगरबाट, प्रदेश नं २ का उपसभामुख उपमा देव जनकपुरबाट, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ हेटौँडाबाट, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा पोखराबाट, प्रदेश नं ५ का उपसभामुख कृष्णी थारु बुटवलबाट, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट सुर्खेतबाट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी धनगढीबाट प्रतिनिधिसभाका उपसभामुख डा तुम्बाहाङ्फे, राष्ट्रियसभाका उपाध्यक्ष दाहालसँग भिडियो संवाद गरेका थिए । 

यसअघि उपसभामुख र उपाध्यक्षले प्रदेश उपसभामुखसँग सहकार्य र समन्वय गर्नका लागि अन्तक्र्रिया र अन्तरप्रदेशसभा जस्ता कार्यक्रम राखिसकेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप