शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ हराए बागेश्वरीका गरगहना  ?

बिहीबार, ०५ भदौ २०७६, ०६ : ५७
बिहीबार, ०५ भदौ २०७६

नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ ।

बागेश्वरीमा सतीदेवीको जिब्रो पदन भएको जनविश्वास छ । त्यसले भेटिमा सुनका नथीया, पाउजु, छाता, शिववर्तीको सुनचाँदीको मूर्ति, बाघ र गरुडलगायतका मूर्ति चढाउने चलन छ ।

विसं २०२९ मंसिर ४ मा मन्दिरका तर्फबाट भुवनेश्वर नामका व्यक्तिले लिखत अभिलेख तयार गरी तत्कालिन मालपोत कार्यालय प्रमुखलाई बुझाएको गरगहना र हाल तिजोरीमा भेटिएका गहनाबीच अन्तर पाइएपछि गहना हराएको खुलेको हो । यो समाचार कान्तिपुर दैनिकमा ठाकुरसिंह थारुले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप