शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

बिहीबार, ०५ भदौ २०७६, ०७ : २५
बिहीबार, ०५ भदौ २०७६

दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर रकम हिनामिना गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैंकमा नक्कली ऋणी खडा गरी हिनामिना गरेको पाइएको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपाल शर्माले लेखेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप