आर्थिक मन्दीका कारण चर्चित बिस्कुट कम्पनी पार्लेले एकैपटक १० हजार कामदारलाई निकाल्दै
एजेन्सी । भारतको सबैभन्दा ठूलो बिस्कुट निर्माता कम्पनी पार्लेलाई आर्थिक मन्दीले छोपेको छ । त्यसैकारण उसले १० हजार कर्मचारीलाई निकाल्ने तयारी गर्दैछ ।
कम्पनीका एकजना अधिकारी मयंक शाहले बुधबार अन्तराष्ट्रिय न्यूज एजेन्सी रोयटर्ससँगको कुराकानीमा ग्रामिण क्षेत्रमा बिस्कुटको बिक्री घटेको र त्यसकारण कम्पनीले उत्पादनमा कटौती गर्न लागेको जानकारी दिए ।
शाहले सन् २०१७ मा जीएसटी लागू भएदेखि पार्ले–जीजस्तो चर्चित बिस्कुटको बिक्रीमा ८ प्रतिशतले ह्रास आएको बताए ।
भारु ५ पर्ने बिस्कुटमा अझै उलेख्य मात्राको जीएसटी लाग्छ । मूल्य बढाउन विक्री घट्ने डरले कम्पनीको सबै प्याकमा बिस्कुटको संख्या घटाएको छ । तर पनि ग्रामिण क्षेत्रमा मागमा ह्रास आएको छ ।
पार्लेको आधाभन्दा बढी आय विस्कुट उत्पादनबाट गर्छ । कम्पनीले चर्को जीएसटीबारे अघिल्लो वर्ष मोदी सरकारसँग कुरा पनि थियो । बिस्कुटमा १८ प्रतिशत जीएसटी लागिरहेको छ ।
शाहले मूल्यलाई लिएर ग्राहक निसकै धेरै संवेदनशील रहेको बताए । साथै प्रयोगकर्ताले आफूलाई प्राप्त भइरहेको बिस्कुटको संख्या पनि ख्याल गरिरहेकाले व्यापारमा असर गरेको शाहले जानकारी दिए ।
‘सरकार छिट्टै केही गरेन भने हामीले तत्काल बाध्य भएर कर्मचारीको संख्या घटाउनुपर्छ ,’ शाहले बने ।
९० वर्ष पुरानो पार्ले कम्पनीको आफ्नै १० वटा कम्पनी र १२५ वटा कन्ट्रयाक्ट कम्पनी छन् ।
भारतमा छाएको आर्थिक मन्दीको कारण अफ्ठ्यारोमा परेको पार्ले एउटा मात्र कम्पनी भने होइन ।
बजार अनुसन्धान गर्ने संस्था निल्सनले भारतमा पछिल्लो महिना आर्थिक मन्दी आएपछि उपभोग्य वस्तु निर्माण क्षेत्रमा सुस्तता छाएको जानकारी दिएको छ ।
पछिल्लो समय आर्थिक मन्दीको कारणले गाडि निर्माण क्षेत्रमा पनि हजारौं मानिसको रोजगारी गुमाएका छन् । यसले लाखौंको रोजगारीमाथि खतरा बनेको छ । गाडिको बिक्री जुलाईमा ३१ प्रतिशत घटेको थियो जुन १९ वर्षयताको सबैभन्दा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै