शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली १५ दिन सिंगापुर बस्ने

बिहीबार, ०५ भदौ २०७६, १३ : ४३
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका  छन् । आज थाई एयरको उडान नम्बर जिटी ३२० बाट  प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।  

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली यो पटक १५ दिन सिंगापुरमा बस्ने जनाइएको छ । ‘चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जानुभएको हो’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार  अनुसार  अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो ।

“एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन  उहाँ  फेरि त्यसतर्फ जान लाग्नुभएको हो” डा.सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तिमा जनाइएको छ । 

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाएका छन् । “प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री ओली भदौ २० गते थाई एयरको उडान नम्बर जिटी ३१९ बाट अपरान्ह १२ बजेर २५ मिनेटमा स्वदेश फर्किने जनाइएको छ ।   यसअघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप