शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

बिहीबार, ०५ भदौ २०७६, १३ : ५४
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका  छन् । आज थाई एयरको उडान नम्बर जिटी ३२० बाट  प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।  

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली यो पटक १५ दिन सिंगापुरमा बस्ने जनाइएको छ । ‘चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जानुभएको हो’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ २० गते थाई एयरको उडान नम्बर जिटी ३१९ बाट अपरान्ह १२ बजेर २५ मिनेटमा स्वदेश फर्किने जनाइएको छ ।   यसअघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप