शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड र हलिउडका स्क्रिप्ट राइटर नेपालमा

बिहीबार, ०५ भदौ २०७६, १५ : २३
बिहीबार, ०५ भदौ २०७६

चित्लाङ – बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान नेपालमा छन् । बुुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा सुरु भएको पटकथा लेखन कार्यशालाका लागि उनहरु नेपाल आएका हुन् ।
चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए ।
मन्त्री जमरकट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्य नेपाली फिल्मको स्तरउन्नतिका लागि चिन्तित रहेको बताए । 
‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुु¥याउँछ,’ उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ । हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौ ं। त्यसैले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तिब्रता दिने तरखरमा छौ ं।’
त्यस्तै वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पु¥याउने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे । ‘पटकथा फिल्मको मेरुदन्ड हो। यो बलियो भएन फिल्म बलियो हुनसक्दैन,’ उनले भने, ‘त्यसैले म बोर्ड बाहिर रहँदा पनि पटकथा लेखन एकदमै महत्वपुर्ण महसुस गर्थें ।’
कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन् । उनले हिट हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि लेखेका हुन् । त्यस्तै जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन्।् । 
‘नेपाल आउने रहर पहिला देखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु,’ प्रशिक्षक भट्टले भने । 

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन् । 
आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने ।  
कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ । उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए । कार्यशाला चित्लाङको चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप