शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुर उड्नुअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइयो

बिहीबार, ०५ भदौ २०७६, १५ : ४३
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको छ । प्रधानमन्त्री सिंगापुर उड्नुअघि निजी चिकित्सक डा. दिव्या सिंहले स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी हुन् । 

सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको र त्यसै क्रममा ओलीको मिर्गौलामा एण्टीबडीको मात्रा बढी देखिएको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

 एण्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिनको लागि प्रधानमन्त्री पुन सिंगापुर गएको  डा. सिंहको भनाई छ । 

सिंगापुरबाट फर्केपछि पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आधिकारीक जानकारी नआएपछि धेरैले उनको स्वास्थ्यबारे अनेककिसिमको अड्कल गरेका थिए । साउन २७ गते नेपाल फर्केपछि प्रधानमन्त्री आफैले ‘म ठिक छु’ भन्ने बाहेक अरु कुनै पनि प्रतिक्रिया आएको थिएन । 

प्रम ओली आजै उपचारका लागि सि‌ंगापुर प्रस्थान गरेका छन् । उनी १५ दिन सिंगापुरमा रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप