शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैठकमा मन्त्री यादव रिसाएर जुरुक्क उठेपछि...

बिहीबार, ०५ भदौ २०७६, १६ : ०१
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन् ।

सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसँग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बने । मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उनी बसेको कुर्सीबाट जुरुक्क उठेका थिए । बैठक छोडेर मन्त्री बाहिरिन खोजेपछि केहिबेर स्थिति असहज  बन्यो ।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फकिएका मन्त्री यादवले मिडिया प्रति पनि आक्रोस पोखे । उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए ।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको सुरु देखि नै तनावपूर्ण बनेपछि समिति सदस्यहरुले समितिको संवैधानिक अधिकार, संसदीय पद्दति, क्षेत्राधिकार लगायतबारे आवयक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए ।

समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषय वस्तुमा प्रवेश नै नगरि शुक्रबार बस्ने गरि स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप