बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले किन भेटेनन् एस जयशंकरलाई ?

बिहीबार, ०५ भदौ २०७६, १६ : २२
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल बसाइका क्रममा धेरैजसो नेताहरुसँग भेटवार्ता गरे । 

प्रधानमन्त्री, राष्ट्रपति र विभिन्न दलका नेताहरुलाई भेटेका एस जयशंकरको नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने भेटवार्ता हुन सकेन ।

होटेल द्वारिकाजमा बसेका एस जयशंकरले प्रचण्डलाई बिहीबार बिहान भेटका लागि निम्तो पठाएका थिए । तर प्रचण्डले भने आफ्नो व्यस्तता देखाएर जयशंकरसँगको भेटवार्तालाई अस्वीकार गरेका थिए । 

तर, बिहीबारै पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटटराई र उपेन्द्र यादवले भने द्वावारिकाज होटलमै गएर जयशंकरलाई भेटेका थिए । जयशंकरसँग काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार होटलमै गएर भेटवार्ता गरेका थिए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा, भट्टराई र पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव कुटनीतिक मर्यादाविपरित जयशंकरलाई भेट्न पुगेका थिए । 

तर, पूर्व प्रधानमन्त्री समेत रहिसकेका अध्यक्ष प्रचण्डले भने कुटनीतिक मर्यादाको ख्याल गर्दै जयशंकरलाई भेट्न नगएको बुझिएको छ । यसअघि २०७२ सालमा पनि प्रचण्डले जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । त्यतिबेला जयशंकर भारतका विदेश सचिवका रूपमा नेपाल आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप