शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस भक्तपुरले दियो नेमकिपालाई चेतावनी

बिहीबार, ०५ भदौ २०७६, १७ : २५
बिहीबार, ०५ भदौ २०७६

भक्तपुर– नेपाली काँगे्रस भक्तपुरले नेपाल मजदुर किसान पार्टीलाई चेतावनी दिएको छ ।  पार्टीले विहिबार भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेको विषय भएको पत्रकार सम्मेलनमा जिल्ला सभापति दुर्लभ थापाले नेमकिपाले अनावश्यक हस्तक्षेप गरेको भन्दै चेतावनी दिएका हुन् । 

किनै आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले भक्तपुरमा अब ह्याजु काण्ड नभएर नारायणमान काण्ड हुने चेतावनी दिएका छन् । २०४५ सालमा भक्तपुरमा घटेको ह्याजु काण्डलाई सम्झदैं थापाले भने, ‘अब यहाँ ह्याजु काण्ड होइन, नारायमाण बिजुक्छे, सुनिल प्रजापति र प्रेम सुवाल काण्ड हुन्छ ।’

अस्पताल व्यवस्थापन समितिले कुनै गल्ती गरको भए राज्यका जिम्मेवार निकायले छानविन गर्नुपर्ने तर नेपाल मजदूर किसान पार्टीले अनावश्यक हस्तक्षेप गरेको भन्दै सभापति थापाले विरोध गरे । 

ख्वप कलेज, उच्च मावि र नगरपालिकाले उपभोक्ता समितिको नाममा गरेको भ्रष्ट्राचार नदेख्ने भन्दै उनले प्रश्न गरे के म गएर भक्तपुर नगरपालिकाको कुर्सीमा बसु ? एउटा संस्थाले चलाएको अस्पतालमा आफ्नो क्षेत्र बाहिर गएर हस्तक्षेप गरेकाले उक्तकार्य तुरुन्त बन्द गर्न समेत सभापति थापाले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप