शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता संचालन, ७ लाख बराबरको आकस्मिक दुर्घटना बिमा सुविधा

बिहीबार, ०५ भदौ २०७६, १८ : ३६
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजारमा नयाँ बचत खाताको शुभारम्भ गरेको छ । बैंकले ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी शुभारम्भ गरेको हो । 

ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक दुर्घटना बिमा र १ लाख सम्मको अस्पतालमा बसेको खर्च बापतको बिमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउनेछन् । 

साथै निस्शुल्क एस.एम.एस, मोबाइल र ई बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा पनि रहेको बैंकले जनाएको छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप