शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामा ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन

बिहीबार, ०५ भदौ २०७६, १९ : ११
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– सरकारले चालू आर्थिक बर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दावी गरेको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो ।

अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण  सोधिएको, ३ वटालाई सिलवन्धी गरिएको, ४ वटाको गुणस्तर परिक्षणका लागि नमुना पठाईएको तथा एउटा फर्म विरुद्ध मुद्धा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए । ती फर्महरुबाट जरिवाना वापत ३ लाख ३७ हजार रुपैयाँ असुली गरिएको उनले जानकारी दिए ।

विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरि अनुगमन गर्न सुझाएका थिए ।

उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मूल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु बिक्रिमा नरोकिएको गुनासो गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप