शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको स्वास्थ्यबारे सक्कली, नक्कली र डेढअक्कली कुरा चल्यो : मन्त्री बास्कोटा

बिहीबार, ०५ भदौ २०७६, १९ : २४
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराएका छन् । बिहिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्री ओली मृगौला रोगबाट प्रभावित भएको र दश बर्षदेखि सेवन गर्दै आएको औषधी परिवर्तनपछि त्यसको प्रभाव जाँच्न सिंगापुर गएको उल्लेख गरे । 

बाहिर हल्ला चलेको जस्तो बिरामी नभएको भन्दै बिहानैदेखि राती ११ बजेसम्म सक्रिय भएर काम गरिरहेको जानकारी दिए । उनले मन्त्रिपरिषदको लगातार ३ वटा बैठक राती ११ बजेसम्म गरेको बताए ।  उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा सक्कली, नक्कली र डेढअक्कली कुरा आएको बताउँदै प्रधानमन्त्री पहिलेजस्तै स्वस्थ रहेको बताए । 

नियमित फओअप र थप परीक्षणका लागि र पहिला चलाएको औषधीभन्दा उन्नत औषधी विकास भएकोले त्यसको प्रयोगको प्रभाव जाँच गर्न खोजेको बताए ।   प्रधानमन्त्री ओली आफंैले पनि अर्को चुनाव लड्न आफू तयार रहेको बताएको उल्लेख गर्दै आफ्नो बारेमा चिन्ता नगर्न भनेको स्मरण गराए । 

उनले भने–‘आजै देखिहाल्नुभयो होला हात हल्लाएरै जानुभयो, कोक्रो, झोलुङ्गो वा एम्बुलेन्समा हालेर त लगेनन् । एयर एम्बुलेन्समा हालेर लगेको पनि तपाईहरुले देख्नुभएको छ नी ।’ मन्त्री बास्कोटाले बाहिर हल्ला चलेजस्तो प्रधानमन्त्री अस्वस्थ नरहेको प्रष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप