बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पहिलो खेल माल्दिभ्ससँग

बिहीबार, ०५ भदौ २०७६, २३ : २७
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं-तेस्रो साफ यू–१८ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल माल्दिभ्ससँग परेको हो । च्याम्पियनसिप असोज ३ देखि १२ गतेसम्म काठमाडौंमा हुँदैछ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् । नेपालले दोस्रो खेल भुटानसँग असोज ५ गते खेल्नेछ । हल्चोक स्थित शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगिताको अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । पाकिस्तानले अन्तिममा भाग नलिने जानकारी दिएपछि  साफले नयाँ खेल तालिका निकालेको हो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप