महिलाको हत्या गरेर फरार व्यक्ति समातिए
बिहीबार, ०५ भदौ २०७६, २३ : ५८
सिन्धुपाल्चोक– महिलाको हत्या गरेर फरार एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर महेन्द्र दर्नालको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक साबिक थकनी गाबिस वडा नं ६ भई हाल मेलम्ची नगरपालिका वडा नम्बर ४ बस्ने तोक्सानी तामाङको हत्या गरेको आरोपमा फरार अभियुक्त उदयपुर साबिक बसाह गाबिस वडा नंम्बर ५ का श्याम बाबु तामाङलाई पक्राउ गरेको हो ।
अभियुक्त तामाङले साउन २८ गते तोक्सानी तामाङको घर निर्माण गरेको ज्याला ३२ हजार रुपैया नपाएको झोँकमा उनको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
उनको खोजतलास गर्दै जाने क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङबाट पक्राउ गरिएको इन्सपेक्टर दर्नालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा